पाकिस्तान र बंगलादेशबिचको दोस्रो टेस्टमा दर्शकलाई प्रवेश निषेध
काठमाडौँ । पाकिस्तान र बंगलादेशबिचको दुई टेस्टको शृंखलाअन्तर्गतको दोस्रो खेल दर्शकविहीन रङ्गशालामा खेलाइने भएको छ । दोस्रो टेस्ट अगस्त ३० तारिखदेखि पाकिस्तानको कराँचीमा खेलाउने कार्यक्रम रहेको छ ।
तर, कराँचीस्थित स्टेडियममा हाल निर्माण कार्य भइरहेकाले दोस्रो टेस्ट दर्शकविहीन रङ्गशालामा खेलाउन लागिएको हो । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पनि यसको पुष्टि गरेको छ । अहिले पीसीबी आगामी वर्ष आयोजना हुने च्याम्पियनस ट्रफीको तयारीमा व्यस्त छ ।
च्याम्पियन्स ट्रफीका लागि पीसीबीले देशका स्टेडियमहरूको मर्मत गरिरहेको छ । सन् १९९६ मा विश्वकपको सह–आयोजक रहेको पाकिस्तानले त्यसपछि आयोजना गर्न लागेको सबैभन्दा ठुलो प्रतियोगिता नै आगामी च्याम्पियन्स ट्रफी हुनेछ ।
कराँचीसँगै लाहोरस्थित गद्दाफी स्टेडियममा पनि मर्मत कार्य भइरहेको छ । यो सिजन पाकिस्तानले घरेलु मैदानमा सात वटा टेस्ट शृङ्खला खेल्नु पर्ने हुन्छ । यी सातवटै टेस्ट पाकिस्तानको तीनवटा सहरमा खेलाइने कार्यक्रम छ । लाहोर र कराँचीका अतिरिक्त तेस्रो सहर मुल्ता हुनेछ ।
मुल्तानमा पाकिस्तानले इङ्ल्यान्डविरुद्धको शृङ्खला खेल्नेछ । पाकिस्तान र इङ्ल्यान्डबिचको टेस्ट अक्टोबर ७ तारिखमा सुरु हुनेछ । आफ्नो देशभित्र राजनीतिक कारणले अशान्ति रहेकाले बंगलादेशी टोली निर्धारित समयभन्दा चार दिनअघि नै पाकिस्तान पुगेको छ ।
बंगलादेशी टोलीले शृङ्खलाको अन्तिम तयारी पनि पाकिस्तानमै गर्नेछ । बंगलादेशी टोलीले पछिल्लो पटक विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीभन्दा अगाडि पाकिस्तानको भ्रमण गरेको थियो । तर, त्यतिबेला दोस्रो टेस्ट र एकदिवसीय शृङ्खला कोरोना महामारीका कारण रद्द गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण