विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त ३ कलेजमा विद्यार्थी भर्ना गर्न रोक
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका तीन वटा कलेजमा विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । जनकपुरको कश्यप इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, मध्य बानेश्वरमा रहेको ग्लोबल इन्टरनेशनल कलेज, खुमलटारमा रहेको नेपाल एजुकेसन फाउन्डेसन कन्र्सोटियम अफ कलेजमा विद्यार्थी भर्ना गर्न रोक लगाएको हो ।
कश्यपको समकक्षतासम्बन्धी विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकोले भर्ना गर्न नमिल्ने मन्त्रालयले जनाएको छ । त्यस्तै ग्लोबल कलेजको सम्बन्धमा हालको सम्बन्धन प्राप्त विश्वविद्यालयको कार्यक्रम सञ्चालन नगरेका कारण विद्यार्थी गर्न नमिल्ने भएको हो । नेपाल एजुकेसन फाउन्डेसनको हकमा स्थानान्तरणको प्रक्रियामा रहेकोले हाल विद्यार्थी भर्ना गर्न नमिल्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले हाल ५६ वटा कलेजमा मात्रै भर्ना आह्वान गरेको छ । मन्त्रालयबाट अनुमति लिएर सञ्चालनमा रहेका, नियमित नवीकरण गरेका, लेखा परीक्षण र कर चुक्ता गरेका, नियमानुसार कार्यक्रम थपको अनुमति प्राप्त गरेका, त्रिविबाट समकक्षता प्राप्त गरेका ५६ वटा कलेजको सूची सार्वजनिक गर्दै ती कलेजहरू मात्रै विद्यार्थी भर्ना गर्न अनुरोध गरेको छ ।
ती ५६ वटा बाहेक अन्य विदेशी विश्वविद्यालयको कोर्ससम्बन्धी कलेज/शिक्षण संस्थाहरूका स्नातक र सोभन्दा माथिका कार्यक्रमहरूमा विद्यार्थी भर्ना नगर्न/नगराउन अनुरोध गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण