विधेयकमा जुटेको सहमतिले देशको लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश दिएको छ : कानुनमन्त्री चौरसिया
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमा जुटेको सहमतिले देशको लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश प्रवाह गरेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपरण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि भएको छलफलपछि मन्त्री चौरसियाले विधेयकलाई तार्किक निष्कर्षमा पुर्याउन सहयोग पुर्याएको भन्दै सदस्यलाई धन्यवाद व्यक्त गरेका छन् ।
उनले विधेयक निर्माणका लागि भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरे । “सबैले एकस्वरमा शान्तिप्रक्रिया टुङ्गोमा पुर्याउने शुद्ध भावनाका साथ संसद्लाई सम्बोधन गर्नुभएको छ । यो देशको लोकतन्त्र दिगो र बलियो छ भन्ने सन्देश देशभित्र गएको छ”, उनले भने, “यो ऐतिहासिक दस्तावेजलाई तार्किक निष्कर्षमा पुर्याउन सहयोग गरेकामा धन्यवाद व्यक्त गर्दछु ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण