शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

ऋण तिर्न हकप्रद जारी गर्दै मोदी खोला जलविद्युत आयोजना

बिहीबार, ३१ साउन २०८१, ११ : २६
बिहीबार, ३१ साउन २०८१

काठमाडौँ । मोदी खोला जलविद्युत आयोजनाले हकप्रद (राइट सेयर) जारी गर्ने भएको छ । हाल ऋणमा रहेको कम्पनीले सोही ऋण चुक्ता (भुक्तानी) गर्नका लागि हकप्रद सेयर जारी गर्न लागेको हो । 

साउन ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ऋण चुक्ताका लागि कम्पनीको कायम चुक्ता पुँजीको १ः १ (एक सेयर बराबर एक नयाँ सेयर) को अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो । 

तथापि, नियामक विद्युत् नियमन आयोगको स्वीकृति पश्चात् मात्र कम्पनीले हकप्रद सेयर जारी गर्न पाउँछ । हकप्रदका लागि आयोगमा प्रस्ताव गर्ने र स्वीकृति पश्चात् आगामी वार्षिक साधारण सभामा पेस गरेर जाने कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप