महानिर्देशक अधिकारीको भिडियो सन्देश : खराब मौसममा बादलभित्र जहाज नछिराउनुहोस्
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डीजी) ई.प्रदीप अधिकारीले हवाई सुरक्षा सम्बन्धी भिडियो सन्देश जारी गरेका छन् । लगातार जहाज दुर्घटनामा पर्ने र यसको दोष नियामक उड्डयन प्राधिकरण र आफूमाथि नै लाग्न थालेपछि डीजी अधिकारीले बुधवार बेलुका एउटा भिडियो सन्देश जारी गर्दै संवेदनशील बन्न जहाज चालक तथा क्याप्टेनहरूलाई सचेत गराएका हुन् ।
कूल १ मिनेट २० सेकेन्ड भिडियो सन्देश जारी गरेका अधिकारीले भनेका छन्, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेका नियमहरू निर्देशनहरू पालना गर्नुपर्ने हामी उड्ड्यनसँग सम्बन्धित सबैको कर्तव्य हो । उडान सुरक्षामा वायुयान चालक साथीहरूको सक्रियतालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उच्च मूल्याङ्कन गरिरहेको छ । साथै पर्यटन उद्योगमार्फत आर्थिक विकासमा भएको तपाईँहरूको योगदानलाई हामी सबैले सम्मान गरिरहेका छौँ ।’
तथापि, दृष्टिगत उडानमा रहेका पाइलटहरूलाई नियम सम्झाउँदै डीजी अधिकारीले थप भनेका छन्, ‘दृष्टिगत उडान नियममा रहेर उडिरहेका वायुयानहरु बादल तथा खराब मौसमभित्र छिर्न कानुनले नै निषेध गरेको छ । यसको प्रभावकारी रूपमा कार्यान्वयन तपाईँहरूको प्रतिबद्धता विना सम्भव देखिँदैन । यस्तो परिस्थितिमा खराब मौसम वा बादलभित्र प्रवेश नगरिदिनुहोला’ उनले भनेका छन् ।
सोही भिडियो सन्देशमा उनले भनेका छन्, ‘सरकारद्वारा गठित जति पनि जहाज दुर्घटना छानबिन आयोगको प्रतिवेदनले मानवीय त्रुटि नै दुर्घटनाको मूल कारण रहेको औँल्याएको छ । तसर्थ हामी सबैको आपसी सहयोग सद्भाव र पहल कदमीमा सुरक्षित उडान संस्कृतिको विकास गरौँ, नेपाली आकाशलाई सुरक्षित राखौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण