बेलायती अर्थतन्त्र बढ्ने क्रम जारी
लन्डन । यो वर्षको दोस्रो त्रैमासमा बेलायतको अर्थतन्त्र शून्य दशमलव ६ प्रतिशतले बढेको छ । गएको वर्षको अन्त्यमा मन्दीको फसेको अर्थतन्त्रमा पुनर्बहाली जारी रहेको बेलामा यो तथ्याङ्क सार्वजनिक भएको हो ।
वृद्धिको यो आकार अर्थशास्त्रीहरूको अनुमानसँग ठ्याक्कै मेल खाएको समाचारमा जनाइएको छ । पहिलो त्रैमासमा अर्थतन्त्र शून्य दशमलव ७ प्रतिशतले बढेको थियो । सेवा क्षेत्र विशेषगरी आइटी उद्योग, कानुनी सेवा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा देखिएको वृद्धिका कारण आर्थिक वृद्धिदरले टेवा पाएको बताइएको छ ।
बेलायतको अर्थतन्त्रमा सेवा क्षेत्रको अनुपात सबैभन्दा ठुलो छ । समीक्षा अवधिमा उत्पादन र निर्माण दुवै क्षेत्रको उत्पादन घटेको छ ।
गएको वर्षको दोस्रो अर्धवार्षिक अवधिमा कमजोर देखिएको बेलायती अर्थतन्त्र यो वर्षको पहिलो दुई त्रैमासमा सुदृढ रूपमा बढेको बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय ओएनएसका आर्थिक तथ्याङ्क निर्देशक लिज म्याककिवनले भनेका छन् ।
पछिल्लो त्रैमासमा अर्थतन्त्रमा विस्तार देखिएको भएपनि जुनमा वृद्धिदर सुस्त थियो । यस्तोमा अर्थशास्त्रीहरूले वर्षको बाँकी अवधिमा वृद्धि सुस्ताउन सक्ने चेतावनी दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण