जुनियर प्रहरीलाई १६ वर्षमा पेन्सन दिनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा

काठमाडौँ । प्रहरीको तल्लो दर्जाका कर्मचारीलाई १६ वर्ष सेवा गरेपछि पेन्सन दिनुपर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ । गृह मन्त्रालयले निर्माणाधीन नयाँ प्रहरी ऐनको मस्यौदामा सो व्यवस्था राख्नुपर्ने प्रस्ताव अर्थको राय लिन पठाएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।
जवान र हवलदारलाई १६ वर्षमा र जुनियर अधिकृतलाई १८ वर्षमा पेन्सन दिन ऐनमा व्यवस्था गर्नुपर्ने गृह मन्त्रालयको प्रस्ताव छ । इन्स्पेक्टर र सोभन्दा माथिका सिनियर अधिकृतहरूलाई २० वर्षमा पेन्सन दिनुपर्ने प्रस्तावमा उल्लेख छ ।
प्रहरी ऐनको मस्यौदामा काम गरिरहेका एक जना अधिकृतका अनुसार २०७५ भन्दा अगाडी भर्ना भएका प्रहरी जवान १६ वर्ष सेवा गरेपछि पेन्सन लिन योग्य मानिन्छन् । तर, उनीहरूले सेवा अवधि बिस वर्ष पुरा भएपछि मात्र पेन्सन खान पाउँछन् । यसअघि पनि अर्थ मन्त्रालयमा सो प्रस्ताव पठाउने र फिर्ता हुने हुँदै आएको छ ।
२०७५ भन्दा पछि सरकारी जागिरमा प्रवेश गर्नेहरूले योगदानमा आधारित निवृत्तिभरण पाउँछन् । गृह मन्त्रालयले प्रहरी र सशस्त्रको नयाँ ऐनबारे मस्यौदा बनाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रको बयान न्यायाधीश तारादेवी महर्जनको इजलासमा
-
प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई उपेक्षा, कुन प्रदेशको बजेट कस्तो ?
-
तीन प्रदेशका १५ अस्पतालबाट मुटु रोगको निःशुल्क उपचार
-
बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँ: सांसद यादव
-
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो
-
मार्क्स र लेलिनले देखेको ‘कम्युन’को सपना ओशो तपोवनमा साकार : स्वामी आनन्द अरुण