पाकिस्तानमा भेटियो ‘एमपक्स’ सङ्क्रमित, केही दिनअघि खाडी मुलुकबाट आएका थिए
काठमाडौँ । पाकिस्तानमा ‘एमपक्स’ रोगको सङ्क्रमित फेला परेका छन् । पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार खैबर पख्तूनख्वाको मरदान जिल्लामा बस्ने एक व्यक्तिमा सङ्क्रमण फेला परेको हो ।
सङ्क्रमित व्यक्ति हालै खाडी मुलुकबाट आएको बताइएको छ । सङ्क्रमित व्यक्तिले यसबिचमा भेट गरेका व्यक्ति पत्ता लगाउन सुरु गरिएको मन्त्रालयका अधिकारीले जनाएका छन् ।
पाकिस्तानको स्वास्थ्य मन्त्रालयले बिहीबारमात्र एमपक्सबारे एडभाइजरी जारी गर्दै विमानस्थल र नाकाहरूमा कडा स्क्रिनिङ भइरहेको जनाएको थियो ।
पाकिस्तानी प्रधानमन्त्रीका हेल्थ को–अर्डिनेटर डा. मुख्तार अहमदका अनुसार सरकारी अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । मन्त्रालयले पनि यसबारे सतर्कता अपनाइएको जनाएको छ ।
एमपक्स सङ्क्रमण यसअघि स्वीडेनमा देखिएको थियो । स्वीडिस एजेन्सीका अनुसार सङ्क्रमित व्यक्ति अफ्रिकाबाट आएका थिए र उनी अफ्रिकामै रहँदा एमपक्सको चपेटामा परिसकेका थिए ।
एमपक्स खासगरी अफ्रिकाको केही भागमा फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनले एमपक्सको सङ्क्रण खतरालाई मध्यनजर गर्दै ‘ग्लोबल पब्लिक हेल्थ इमर्जेन्सी’ घोषणा गरेको छ ।
अफ्रिकी मुलुक कंगोमा यो रोगको प्रारम्भिक चरणमै ४५० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण