काठमाडौँ र बाँकेबाट जुवातास खेलिरहेका १६ जना पक्राउ
शुक्रबार, ३२ साउन २०८१, १४ : ५०
काठमाडौँ । काठमाडौँ र बाँकेबाट जुवातास खेलिरहेका १६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका-२४ ईटुम्वहालस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा भारत कोलकाता घर भएका ३६ वर्षीय मन्टु भुक्ता समेत ९ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७३ हजार ८ सय २० रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।
उता बाँकेको बैजानाथ गाउँपालिका-६ रामपुर बस्ने ४९ वर्षीय समर चन्दको घरमा जुवातास खेलिरहेको अवस्थामा समर समेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण