काठमाडौँ र बाँकेबाट जुवातास खेलिरहेका १६ जना पक्राउ
शुक्रबार, ३२ साउन २०८१, १४ : ५०

काठमाडौँ । काठमाडौँ र बाँकेबाट जुवातास खेलिरहेका १६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका-२४ ईटुम्वहालस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा भारत कोलकाता घर भएका ३६ वर्षीय मन्टु भुक्ता समेत ९ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७३ हजार ८ सय २० रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।
उता बाँकेको बैजानाथ गाउँपालिका-६ रामपुर बस्ने ४९ वर्षीय समर चन्दको घरमा जुवातास खेलिरहेको अवस्थामा समर समेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन