नरेन्द्र मोदीलाई फोन गरेर युनुसले के भने ?
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बङ्गलादेशका काम चलाउ सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले फोन गरेका छन् । मोदीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा युनुसले आफूलाई फोन गरेको बताएका थिए ।
बङ्गलादेशमा सत्ता परिवर्तन र अन्तरिम सरकार गठनपछि मोहम्मद युनुस र मोदीबिचको भएको यो पहिलो वार्ता थियो । ‘मलाई मोहम्मद युनुसको फोन आएको थियो । यस क्रममा हामी दुवैले बङ्गलादेशको वर्तमान अवस्थाबारे कुरा गर्यौँ,’ मोदीले लेखेका छन् ।
‘लोकतान्त्रिक, स्थिर, शान्तिपूर्ण अनि प्रगतिशील बङ्गलादेशको लागि मैले भारतको समर्थन दोहोर्याएको छु । उनले पनि बङ्गलादेशमा हिन्दु अनि सबै अल्पसङ्ख्यकहरूको सुरक्षाको आश्वासन दिएका छन्’ मोदीको पोस्टमा लेखिएको छ ।
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा भएको प्रदर्शनपछि शेख हसिनाले अगस्ट ५ मा बङ्गलादेशको प्रधानमन्त्रीको पदबाट राजीनामा दिएकी थिइन् । त्यहाँबाट भागेर उनी भारत आएकी थिइन् ।
अहिले बङ्गलादेशमा मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । युनुस त्यहाँका प्रख्यात अर्थशास्त्री हुन् । उनलाई प्रतिष्ठित नोबेल पुरस्कार पनि दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण