लागुऔषधसहित दुई युवक पक्राउ
जलेश्वर । महोत्तरीको बर्दिबासमा आज प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने पुष्कर श्रेष्ठको छोरा २३ वर्षीय किसन श्रेष्ठ र मीनबहादुर वाइवाको छोरा २२ वर्षीय विकास वाइवा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
बागमती प्रदेश ०२–०२५ प ६४६७ नम्बरको एनएस पल्सर मोटरसाइकलमा चढी बर्दिबासबाट काठमाडौँतिर जाँदै गरेका उनीहरुलाई बर्दिबास–३ स्थित पाटुमा सवारी साधन चेकजाँच गर्दै गरेको नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् ।
प्रहरीले मोटरसाइकलको पछाडि बसेका विकासले बोकेको कालो खैरो रङको कपडाको ब्याग (झोला) भित्र प्लास्टिकमा बेरिएर राखेको अवस्थामा नेपालमा प्रतिबन्धित लागुऔषध नाइट्रोभेट–१० लेखिएको ट्याब्लेट एक हजार चार सय ७३ पिस र कोरेक्स लेखिएको झोलपदार्थ ९सिरप०–१ बोतल बरामद गरेको हो ।
लागुऔषधसहित पक्राउ गरिएका दुवै युवकलाई आवश्य कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा ल्याई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण