लामो समय क्रिकेट मैदानमा देखिने छैनन् अस्ट्रेलियन कप्तान प्याट कमिन्स
काठमाडौँ । अस्ट्रेलियन क्रिकेट टोलीका कप्तान प्याट कमिन्स लामो समय मैदानबाट बाहिर रहने भएका छन् । करिब तीन महिनापछि खेलिने अस्ट्रेलिया र भारतबिचको बोर्डर–गावस्कर ट्रफीअघि उनी क्रिकेट खेलमा नफर्कने भएका छन् ।
निकै व्यस्त खेल तालिकाका कारण उनले लामो समय आराम लिने निर्णय गरेका हुन् । भारत र अस्ट्रेलियाबिचको बोर्डर–गावस्कर ट्रफी आगामी नोभेम्बर २२ तारिखदेखि सुरु हुनेछ । पाँच खेलको शृङ्खला सन् २०२५ को जनवरी ३ तारिखसम्म चल्नेछ ।
‘यसबिचमा लामो समय एकपछि अर्को प्रतियोगितामा खेल्नु पर्ने स्थिति आयो । त्यसैले केही समय शरीरलाई आराम चाहिएको छ,’ प्याट कमिन्सले भनेका छन् । क्रिकेट अस्ट्रेलियाले पनि बोर्डर–गावस्कर शृङ्खलाअघि उनलाई आराम दिने निर्णय गरेको छ ।
गत जुलाईमा उनले मेजर लिग क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । तर, खेल खेलेपछि स्वास्थ्यका कारण उनले प्रतियोगिता छाडेका थिए । आगामी महिना अस्ट्रेलियन टोली इङ्गल्यान्ड भ्रमणमा जाँदैछ । इङ्गल्यान्ड भ्रमणका क्रममा तीन टी–२० अन्तर्राष्ट्रिय र पाँच एक दिवसीय खेलको शृङ्खला खेलिने छ ।
तर, त्यो भ्रमण टोलीमा पनि प्याट कमिन्स अनुपस्थित रहने छन् । ‘बोर्डर–गावस्कर ट्रफीअघि आराम आवश्यक छ । वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलयता म लगातार १८ महिनादेखि बलिङ गरिरहेको छु । त्यसैले अब केही समय म क्रिकेटबाट टाढा रहने छु,’ कङ्गारु टोलीका कप्तानले भनेका छन् ।
उनले बोर्डर–गावस्कर ट्रफी जित्नु आफ्नो सपना रहेको पनि बताएका छन् । ‘अस्ट्रेलियन टोलीमा हामी धेरै खेलाडीले थुप्रै उपलब्धि हासिल गरेका छौँ । तर, यो ट्रफी जित्न सकेका छैनौँ । त्यसैले यस पटक हाम्रो ध्यान यही ट्रफी जित्नुमा केन्द्रित हुनेछ,’ उनले भनेका छन् ।
यसअघि सन् २०२३ मा बोर्डर–गावस्कर ट्रफी भारतमा खेलिएको थियो । चार टेस्टको उक्त शृङ्खलामा भारत २–१ ले विजयी भएको थियो । बोर्डर–गावस्कर ट्रफीको आगामी संस्करण भने अस्ट्रेलियामा खेलिने छ । शृङ्खलाको पहिलो खेल पर्थमा, दोस्रो खेल एडिलेडमा, तेस्रो खेल ब्रिस्बेनमा, चौथो खेल मेलबर्नमा र पाँचौँ खेल सिड्नीमा खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण