पञ्चाङ्ग निर्णायक समितिले भन्यो– विशिष्ट व्यक्तिबाहेकले बिहानैदेखि रक्षाबन्धन गर्न मिल्छ
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले सोमबार बिहानैदेखि सर्वसाधारणले रक्षाबन्धन गर्दा केही फरक नपर्ने जनाएको छ । तर, विशिष्ट व्यक्तिहरूले भने दिउँसो १ बजेपछि रक्षाबन्धन गर्नु मुनासिब हुने समितिको भनाइ छ ।
समितिका अनुसार भाद्र ३ गते सोमवार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको छ ।
सो तिथिलाई देखाएर गणस्नान, उपाकर्म नूतन यज्ञोपवीतधारण, ऋषितर्पणी एवं रक्षाबन्धन आदि कृत्यहरूको काल सम्बन्धमा विभिन्न सामाजिक सञ्जालमा उठेका तर्कहरूले सर्वसाधारण जनतामा भ्रम पैदा भइरहेको भन्दै समितिले यसबारे स्पष्ट पारेको हो ।
समितिका अनुसार घण्टा मिनेटअनुसार सोमबार दिउँसो १ः३१ बजेसम्म भद्रा परेको छ । यसमा अन्य कर्म गर्न भएपनि भद्राभित्र रक्षाबन्धनलगायत जनैपूर्णिमा सम्बन्धी कर्म गर्न मिल्छ कि मिल्दैन भन्ने नै मुख्य प्रश्न रहेको देखिएको समितिले जनाएको छ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले भद्रामा श्रावणीसम्बन्धी काम र होलिकादहनको काम गरेमा श्रावणीको कामबाट राजा अर्थात् राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एवं सहरको नाश हुन्छ भन्ने विषय स्पष्ट उल्लेख भएको बताए ।
उनले विशिष्ट व्यक्तिहरूले मात्र भद्रा कटाई सोमबार १ बजेर ३१ मिनेट बितेपछि रक्षाबन्धनको कर्म गर्नु मुनासिब देखिने बताए । ‘यस बीचमा गणस्तान आदि उपाकर्मका समस्त कर्म र रक्षाबन्धनको पनि पूजनादि गर्न हुने तर रक्षा सूत्रमात्र पूर्वोक्त व्यक्तित्वहरूले बाँध्न नहुने हुँदा भद्रापछि बाँध्नु उचित हुने शास्त्रीय व्यवस्था र परम्परा पनि रहेको देखिन्छ’, समितिले साउन ३१ मै जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण