१ महिनामा ११ सय सवारी कारबाहीमा, ९ लाखभन्दा बढी राजश्व संकलन
सोमबार, ०३ भदौ २०८१, १२ : ५०
रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको १ महिनाको अवधिमा नियम उलंघन गर्ने ११ सयभन्दा सवारी धनीलाई कारबाही गरी ९ लाख भन्दा रुपैयाँ राजश्व संकलन गरेको छ।
साउन मसान्तभित्र जिल्लाभरीमा नियम बिपरित चलेका ११ सय ५ सवारी धनी लाई कार्वाही गरी कुल ९ लाख,२५ हजार ५०० रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले जानकारी दिए ।
कारबाहीमा पर्ने सवारी साधनमध्ये सबभन्दा बढी ट्रकको संख्या ३३८ रहेको छ। यसैगरी दोस्रो स्थानमा २६१ मोटरसाइकल छन् भने त्यसपछि १७३ कार, जिप, टेम्पो ,८६ बस र ५९ ट्याक्टर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण