शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

१ महिनामा ११ सय सवारी कारबाहीमा, ९ लाखभन्दा बढी राजश्व संकलन

सोमबार, ०३ भदौ २०८१, १२ : ५०
सोमबार, ०३ भदौ २०८१

रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको १ महिनाको अवधिमा नियम उलंघन गर्ने ११ सयभन्दा सवारी धनीलाई कारबाही गरी ९ लाख भन्दा रुपैयाँ राजश्व संकलन गरेको छ। 

साउन मसान्तभित्र जिल्लाभरीमा नियम बिपरित चलेका ११ सय ५ सवारी धनी लाई कार्वाही गरी कुल ९ लाख,२५ हजार ५०० रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले जानकारी दिए । 

कारबाहीमा पर्ने सवारी साधनमध्ये सबभन्दा बढी ट्रकको संख्या ३३८ रहेको छ। यसैगरी दोस्रो स्थानमा २६१ मोटरसाइकल छन् भने त्यसपछि १७३ कार, जिप, टेम्पो ,८६ बस र ५९ ट्याक्टर रहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप