गत आर्थिक वर्ष ९.५९ प्रतिशत विद्युत् चुहावट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हात पारेको छ ।
प्राधिकरणको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा कुल विद्युतको ९.५९ प्रतिशत चुहावट भएको छ ।
जसअनुसार ९.५९ प्रतिशत अर्थात् १ अर्ब ८ करोड युनिट विद्युत् गत वर्ष चुहावट भएको प्राधिकरणको भनाइ छ । यसको हालको बजार मूल्य १० अर्ब २६ करोड हुन आउने प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणको नेतृत्वमा आएको वर्ष २०७२ सालमा २५.७ प्रतिशत विद्युत् चुहावट थियो । त्यसपछि क्रमशः घटेको चुहावट अहिले ९.५९ प्रतिशतमा सीमित भएको छ । विद्युतीकरण, उपकरण, प्रसारण लाइनलगायत कारण वार्षिक ५–७ प्रतिशत चुहावटलाई सामान्य मानिने प्राधिकरणले जनाएको छ ।
प्रदेशगत तथा डिभिजनका रूपमा गत आवमा सबैभन्दा धेरै विद्युत् चुहावट मधेस प्रदेशमा भएको छ । मधेसमा १४.२९ प्रतिशत विद्युत् चुहावट भएको छ । यसको हालको बजार मूल्य ३ अर्ब ६७ करोड पर्ने प्राधिकरणले जनाएको छ ।
सबभन्दा कम चुहावट चाहिँ बागमती प्रदेश र बागमती डिभिजनमा छ । बागमती प्रदेश कार्यालय मातहत गत आवमा ५.६० प्रतिशत विद्युत् चुहावट भएको छ । बागमती डिभिजन अन्तर्गत ७.१९ प्रतिशत चुहावट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर