पाकिस्तानी संसद् भवनभित्र मुसा आतंक
इस्लामावाद । पाकिस्तानको संसद्मा यतिबेला अनौठो समस्या आइपरेको छ । तर यो समस्यासँग राजनीतिज्ञहरूको कुनै सरोकार छैन । वास्तविक समस्या संसद् भवनमा रहेका मुसा हुन् । मुसा आतंकका कारण नयाँ सांसदहरू डराएका छन् । संसद्भित्रका मुसा निकै ठूलो भएको र बिरालाहरू समेत तिनलाई देखेर डराउने राष्ट्रियसभाका प्रवक्ता जफर सुल्तानले बीबीसीलाई भने ।
एक आधिकारिक समितिले सन् २००८ को बैठकको रेकर्ड मागेपछि संसद्मा मुसा आतंकबारे खुलासा भएको हो । यो फाइलको अधिकांश हिस्सा मुसाले काटेर खत्तम पारिसकेको थियो । संसद् भवनमा मुसा आतंक विकराल बनेपछि मुसाबाट छुटकारा दिलाउन वार्षिक १२ लाख पाकिस्तानी रुपैयाँ बजेट समेत छुट्याइँदै आएको छ ।
धेरैजसो मुसा संसद् भवनको पहिलो तलामा रहेको बताइएको छ । यो तलामा प्रतिपक्षी दलको नेताको कार्यालय छ । अधिकांश राजनीतिक दल र स्थायी समितिको बैठक पनि यहीँ बस्ने गरेको छ ।
पाकिस्तानी पत्रपत्रिकामा मुसा मार्ने विज्ञापन नै जारी गरिएको छ । मुसाको समस्या हटाउन अधिकारीहरुलाई सहयोग हुने पेष्ट कन्ट्रोल कम्पनीको खोजी भइरहेको छ । तर अहिलेसम्म दुई वटा कम्पनीले मात्रै यसमा रुची देखाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण