रोहित शर्मा सर्वोत्कृष्ट क्रिकेटर र फिल साल्ट सर्वोत्कृष्ट टी–२० ब्याट्सम्यान
काठमाडौँ । भारतीय टोलीका कप्तान रोहित शर्मा ‘सियट क्रिकेट रेटिङ अवार्ड’ मा विश्वकै सर्वोत्कृष्ट पुरुष क्रिकेट खेलाडी घोषित भएका छन् । भारतीय टोलीकै प्रभावशाली खेलाडी विराट कोहलीले विश्वको सर्वोत्कृष्ट एकदिवसीय ब्याट्सम्यानको अवार्ड हात पारेका छन् ।
वर्षभरीमा सर्वोत्कृष्ट प्रदर्शन गर्ने क्रिकेट खेलाडीलाई विभिन्न विधामा पुरस्कृत गरिएको हो । भारतको मुम्बईमा आयोजित कार्यक्रममा भारतीय टोलीका पूर्वकप्तान राहुल द्रविडले लाइफटाइट एचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् ।
इङ्ल्यान्डका फिल साल्टले वर्षको सर्वोत्कृष्ट टी–२० ब्याट्सम्यानको अवार्ड हात पारेका छन् । न्युजिल्यान्डका टिम साउथी वर्षको सर्वोत्कृष्ट टी–२० बलर घोषित भएका छन् । भारतका यसश्वी जैसवालले वर्षको सर्वोत्कृष्ट टेस्ट ब्याट्सम्यानको अवार्ड प्राप्त गरेका छन् ।
भारतकै रविचन्द्रन आविश्वन वर्षको सर्वोत्कृष्ट टेस्ट बलर घोषित भएका छन् । भारतकै मोहम्मद सामीले वर्षको सर्वोत्कृष्ट एकदिवसीय बलरको अवार्ड हात पारेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) क्लब कोलकाता नाइट राइडर्सका श्रेयष ऐयरले ‘टी–२० लिडरसिप’ अवार्ड पाएका छन् ।
यसैगरी, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले सर्वोत्कृष्ट क्रिकेट प्रशासकको अवार्ड हात पारेका छन् । दिप्ती शर्मा वर्षको सर्वोत्कृष्ट भारतीय महिला बलर घोषित भएकी छन् । भारतकै हरमनप्रित कौरले टी–२० महिला क्रिकेटको इतिहासमा सबैभन्दा बढी खेलमा कप्तानी गर्ने खेलाडीको सम्मान प्राप्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026