नेपाल क्लियरिङ हाउस र फोनपेलाई भ्याट छुटको दायराबाट किन हटाइयो : सांसद गौतम
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले सरकारले नेपाल क्लियरिङ हाउस, फोनपे जस्ता डिजिटल भुक्तानी सेवा प्रदायकलाई भ्याट छुटको दायराबाट किन हटाएको भन्दै प्रश्न उठाएकी छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यसको भार सेवाग्राहीलाई परेको र डिजिटल भुक्तानी सेवाहरूको लागि भ्याट छूट हटाइदिएका कारण डिजिटल ट्रान्जेक्सन महँगो भएको बताइन् ।
‘नेपाल क्लियरिङ हाउसले अब प्रत्येक लेनदेनमा अधिकतम ८ रुपैयाँ शुल्क साथै १३ प्रतिशत भ्याट लगाइरहेको छ, जसले बैंकहरू र उपभोक्ताहरूको लागि लागत बढाउँदैछ‚’ उनले भनिन्‚‘फोनपे जस्तै पेमेन्ट नेर्टवर्क र ईसेवा तथा खल्ती जस्ता प्रमुख डिजिटल वालेटहरुबाट हुने कारोबारमा अतिरिक्त शुल्क लगाउन सुरु गरेका छन् ।’
उनले पहिले निःशुल्क हुने सरकारी लेनदेनहरू अब भ्याट अन्तर्गत पर्दा सार्वजनिक सेवाहरूको लागत पनि बढ्दै गएको बताइन् ।
उनले डिजिटल नेपाल फेमर्वकसँग मेल खाने गरी कर नीतिहरूलाई क्यासलेस इकोनोमीको लक्ष्यलाई समर्थन गर्ने गरी सुनिश्चित गर्नका लागि ध्यानाकर्षण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण