आफैँ ताला लगाउने अनि पढाइ भएन भन्ने प्रथाको अन्त्य गरिनुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा आफैँ ताला लगाउने अनि पढाइ भएन भन्ने प्रथाको अन्त्य गरिनुपर्ने बताएका छन् । उनले विद्यालय शान्ति क्षेत्र हुनुपर्नेमा ती ठाउँमा अशान्ति फैलाउने काम गर्ने र अशान्त भयो भन्नेले यस्ता गतिविधि बन्द गरिनुपर्ने धारणा राखे ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदसँगको प्रश्नोत्तरको कार्यक्रम अन्तर्गत नारायणप्रसाद आचार्यले सोधेको प्रश्नको जवाफ दिँदै उनले २०८१ जेठ ४ पछि सञ्चालित परीक्षाका उत्तरपुस्तिका पोखरा, विराटनगर, कैलाली लगायत क्षेत्रीय परीक्षा कार्यालयबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको बताए । यसले नतिजा चाँडो प्रकाशन गर्न सहयोग गर्ने पनि बताए । समयमै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण कार्यालयमा १२ घण्टा काम गर्ने वातावरण बनाइएको उनले बताए । उनले सबै विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागु भइसकेको पनि बताए ।
सांसद आचार्यले विश्वविद्यालयको पुर्नसंरचना गर्ने तालिका अनुसार परीक्षा सञ्चालन र नतिजा चाँडो सार्वजनिक गर्ने कार्यान्वयन किन भएन भन्दै प्रश्न गरेका थिए । साथै उनले विश्वविद्यालय छाड्ने र विद्यार्थीलाई देशमा बस्ने वातावरण बनाउने योजना के छ भनी प्रश्न गरेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले देशभर ४ सय २२ बटा नमुना विद्यालय सञ्चालनमा ल्याएको बताए । साथै विद्यालय गाभ्ने नाममा एक जना विद्यार्थीलाई पनि शिक्षाबाट वञ्चित हुन नदिइने उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण