अब नेपालसँग कुनैपनि द्वन्द्वलाई सामना गर्नसक्ने सामर्थ्य छैन : मन्त्री चौरसिया
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कुनैपनि द्वन्द्वलाई सामना गर्नसक्ने सामर्थ्य अब नेपालसँग नरहेको बताएका छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
मन्त्री चौरसियाले देशभरका नागरिकहरूको देशमा शान्ति, सुव्यवस्था सधैँका लागि र सबैका लागि स्थापित होस् भन्ने चाहना रहेको बताए । उनले यो विधेयकले द्वन्द्वपीडितहरूलाई न्याय दिने द्वन्द्व पीडितमैत्री विधेयक रहेको दाबी गरे । उनले विधेयकले यौनजन्य हिंसा र बलात्कारका सम्बन्धमा प्रचलित कानुनअनुसार नै हुने व्यवस्था गरेको र मेलमिलाप गर्दा मानव अधिकारको घटना र मानव अधिकारको गम्भीर उल्लंघनको घटनालाई अलग अलग व्यवस्था गरेको उल्लेख गरे ।
उनले भने, ‘अब नेपालले कुनैपनि द्वन्द्वलाई सामना गर्नसक्ने सामर्थ्य छैन । हामी देशभरका नागरिकहरूको देशमा शान्ति, सुव्यवस्था सधैँका लागि र सबैका लागि स्थापित होस् भन्ने चाहना छ ।’
मन्त्री चौरसियाले आयोग गठनमा सरकार पारदर्शी ढंगबाट अघि बढ्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण