टीकापुर घटनाको ९ वर्ष पूरा, रेशम भन्छन्–राजबन्दीको नाममा अरूले रजाइँ गरे

काठमाडौँ । । थरुहट, थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा भएको घटनाको ९ वर्ष पूरा भएको छ । २०७२ साल भदौ ७ गते आजकै दिन भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।
उक्त घटनामा कैद सजायसमेत भोगेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर बासीका लागि आजको दिन कालो दिन भएको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् – 'सम्पूर्ण टीकापुर बासीका लागि कालो दिन । थारु विद्रोह भएको दिन । हाम्रो श्री सम्पत्ति लुटिएको,आगजनी भएको दिन ।'
कारागारबाट रिहाइ भएको करिब डेढ वर्ष हुँदापनि आजसम्म फुलबारी एफएमको दैलो टेक्न नसकेको उनले बताए । उनले थपे -'राजबन्दीको पीडाले नागरिक उन्मुक्ति जन्मियो, मैले त केवल अक्षरांस गरेको हुँ । छातीमा असह्य पीडा तब हुन्छ जब राजबन्दीको नाममा अरूले रजाइँ मात्रै होइन, हामीलाई नै चित्कारिए पीडा दिन थाल्छन् ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमि सम्बन्धी विधेयकमा उपेन्द्र यादवको आपत्ति
-
यस्ता छन् निजामती विधेयकमा गरिएका १० नयाँ व्यवस्था
-
एकीकृत समाजवादीका ३३ विभाग झन्डै १ वर्षदेखि अपूर्ण
-
आँखा उपचार नपुगेका ठाउँमा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योती संघबिच सम्झौता
-
जलवायु कार्यमा योगदान पुर्याउन भारत प्रतिबद्ध छ : मन्त्री यादव
-
जनमतकी सांसद गीता गुरुङको राजीनामा सभामुखले किन गरेनन् स्वीकृत ?