‘दिल से’ पछि शाहरुखसँग काम नगरेकोमा मनिषाले के भनिन् ?
मुम्बई । अभिनेत्री मनिषा कोइरालाले पछिल्लो पटक शाहरुख खानसँग सन् १९९८ मा रिलिज भएको फिल्म ‘दिल से’ मा काम गरेकी थिइन् । यो फिल्मपछि पछिल्लो २६ वर्षमा दुवैले सँगै कुनै फिल्म गरेनन् ।
हालैको एक अन्तर्वार्तामा जब मनिषालाई आफ्नो करियरमा शाहरुखसँग फेरि काम नगर्नुको कारण सोधिएको थियो, अभिनेत्रीले भनिन्, ‘तपाईंले यो प्रश्न शाहरुखलाई किन सोध्नुहुन्न ?’
जूमलाई दिएको एक अन्तर्वार्तामा मनिषाले भनिन्, ‘तपाईंले यो प्रश्न शाहरुखलाई सोध्नुपर्छ । यस इन्डस्ट्रीमा नायकले कोसँग काम गर्ने भन्ने निर्णय गर्छन्, हिरोइनले होइन ।’
सन् १९९५ मा रिलिज भएको फिल्म ‘गुड्डू’ मा शाहरुख र मनिषाले पहिलो पटक सँगै काम गरेका थिए । त्यसपछि दुवैले सन् १९९८ मा रिलिज भएको फिल्म ‘दिल से’मा सँगै काम गरे । त्यसबेलादेखि अहिलेसम्म दुवैले सँगै काम गरेका छैनन् ।
‘दिल से’ आज क्लासिक मानिए पनि त्यसबेला सिनेमाघरमा राम्रो प्रदर्शन गर्न सकेको थिएन । निर्देशक मणिरत्नमले फिल्मको खराब प्रदर्शनको लागि आफ्नो हिन्दी कौशललाई दोष दिएका थिए। उनले आफ्नो हिन्दी राम्रो नरहेको र दृश्यहरू सही बनाउन कलाकारलाई विश्वास गर्नुपर्ने बताएका थिए ।
मनिषा हालै रिलिज भएको वेब सिरिज ‘हिरामण्डी’ मा देखिएकी थिइन् । उनको अन्तिम हिन्दी फिल्म ‘शेहजादा’ सन् २०२३ मा रिलिज भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण