युद्धग्रस्त गाजामा २५ वर्षपछि पहिलोपटक पोलियो देखियो
गाजा । युद्धग्रस्त गाजामा विगत २५ वर्षपछि पहिलोपटक पोलियोको घटना बाहिर आएको छ । संयुक्त राष्ट्रसंघका अधिकारीहरूले यसको पुष्टि गरेका हुन्। पोलियोका कारण १० महिनाको बालकलाई आंशिक पक्षाघात भएको अधिकारीहरूले बताएका छन् ।
गाजामा जुन महिनामा लिइएको पानीको नमुनामा टाइप २ पोलियो भाइरस भेटिएको थियो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले यस विषयमा आफू गम्भीर रहेको र आगामी हप्ताहरूमा खोप कार्यक्रम सुरु गर्ने प्रयास भइरहेको बताए।
गाजामा १० महिनाको बच्चालाई पोलियो विरुद्धको खोप लगाइएको थिएन। फोहोर र फोहोर पानीका कारण पोलियो भाइरस प्रायः सर्ने गर्दछ, जसका कारण पक्षाघातको जोखिम हुन्छ । यो भाइरसले प्रायः पाँच वर्ष मुनिका बालबालिकालाई आक्रमण गर्छ।
मानवअधिकार संगठनहरूले गाजामा पोलियो प्रकोपको कारण युद्धका कारण खोप कार्यक्रममा अवरोध भएको आरोप लगाएका छन्। यसैबिच, संयुक्त राष्ट्र संघले १० वर्ष मुनिका ६ लाख ४० हजारभन्दा बढी बालबालिकालाई खोप लगाउन एक साताको युद्धविरामका लागि पनि दबाब दिइरहेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा लाखौँ बालबालिका जोखिममा रहेको बताएका छन् । यस्तो अवस्थामा खोप अभियानको सफलताका लागि गाजा प्रवेश गर्नु आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण