साउनमा एक अर्बको गलैँचा निर्यात, कुन देशमा कति ?
काठमाडौँ । एक महिनामा एक अर्ब रुपैयाँ बढीको गलैँचा निर्यात भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो एक महिना (साउन) मा १ अर्ब ११ करोड ७५ लाख १८ हजार रुपैयाँको गलैँचा निर्यात भएको हो । सो अवधिमा ४० हजार ४८१ स्क्वायर मिटर उनको गलैँचा निर्यात भएको केन्द्रीय भन्सार विभागले जनाएको छ ।
गत वर्ष (२०८०/०८१) यसै अवधिमा ९५ करोड ६६ लाख ३९ हजार रुपैयाँको ३७ हजार ८३४ स्क्वायर मिटर गलैँचा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । जसअनुसार गत वर्षको तुलनामा चालु वर्षमा ७.७४ प्रतिशतले निर्यात बढेको छ । चालु वर्ष गत वर्षको तुलनामा १६ करोड ८ लाख ७९ हजार रुपैयाँ बढीले निर्यात भएको तथ्याङ्कले देखाएको छ ।
सो अवधिमा ३० वटा मुलुकमा गलैँचा निर्यात भएको छ । जसमध्ये सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा निर्यात भएको छ । अमेरिकामा ७८ करोड ८४ लाख ६९ हजार रुपैयाँको २४ हजार २३४ स्क्वायर मिटर गलैँचा निर्यात भएको छ ।
यस्तै दोस्रोमा जर्मनीमा निर्यात भएको छ । जर्मनीमा ९ करोड ३८ लाख ८० हजार रुपैयाँको ४ हजार १५५ स्क्वायर मिटर गलैँचा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । गलैँचा आयात गर्ने तेस्रो मुलुकमा बेलायत रहेको छ । बेलायतमा ६ करोड १४ लाख ३५ हजार रुपैयाँको १ हजार ६७५ स्क्वायर मिटर गलैँचा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै इटालीमा ३ करोड ५३ लाख १९ हजार रुपैयाँको १ हजार ४५३ स्क्वायर मिटर, चीनमा २ करोड ८ लाख ६७ हजार रुपैयाँको ४ हजार ६६१ स्क्वायर मिटर, क्यानडामा १ करोड ३६ लाख ६ हजार रुपैयाँको ३८४ स्क्वायर मिटर, फ्रान्समा १ करोड १९ लाख २६ हजार रुपैयाँको ४६४ स्क्वायर मिटर गलैँचा निर्यात भएको छ ।
यस्तै ब्राजिलमा ८४ लाख रुपैयाँ, युएईमा ८० लाख, न्यूजील्याण्ड ७९ लाख, रसिया ६२ लाख, मेक्सिको ४७ लाख, स्पेन ४६ लाख, स्वीजरल्याण्ड ४५ लाख, जापान ४० लाख, कुवेत ३५ लाख ओमान ३० लाख, बोसनिया २३ लाख, टर्की १६ लाख, सिङ्गापुर १३ लाख, आइसल्याण्ड ९ लाख, हङकङमा ८ लाख, पोर्चुगल ४ लाख, नेदरल्याण्ड ३ लाख, आयरल्याण्ड २ लाख, चेक गणतन्त्र २ लाख, फिनल्याण्ड ८२ हजार र स्वीडेनमा ५३ हजार रुपैयाँको गलैँचा निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण