सिन्धुलीमा हाइलक्स गाडी सुनकोसीमा खस्यो, ३ जना बेपत्ता

काठमाडौँ । सिन्धुलीमा इसुजु हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका छन् । शनिवार खोटाङको हलेसी मन्दिरमा दर्शन गरेर फर्किने क्रममा अपराह्न ५ : ३० बजे गोलञ्जर गाउँपालिका वडा नम्बर १ कुडुलेमा भएको दुर्घटनामा ३ जना बेपत्ता भएका हुन् । भक्तपुरको सुर्यविनायक नगरपालिका ४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी दुर्घटना भएको हो ।
बेपत्ता हुनेमा गाडी चालक अविन बाके, गाडीमा सवार प्रणीत स्यागु र बलाम घटुवा रहेका छन् । सुनकोसीमा खसेलगत्तै १ जना भने पौडेर बाहिर निस्किएका छन् । नदीबाट सुशान्त कक्षपति पौडिएर बाहिर निस्किएको सिन्धुलीका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयालले जानकारी दिए ।
उनको कुम र टाउकोमा चोट लागेको छ । कक्षपतिलाई उपचारका लागि खुर्कोट पठाइएको फुयालले जानकारी दिए । फुयालका अनुसार गाडी भेटिए पनि बेपत्ता ३ जनाको खोजी कार्य जारी रहेको छ ।
गाडी मध्यपहाडी लोकमार्ग हुँदै भक्तपुर फर्किँदै गर्दा दुर्घटनामा परेको थियो । बेपत्ताहरूको खोजीका लागि सशस्त्र प्रहरीका १० र जनपद प्रहरीका २५ जना परिचालन गरिएको फुयालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा आवासीय क्षेत्रमा प्लेन खस्यो, १० वटा घरमा क्षति
-
द्वन्द्वपीडितको कार्यक्रममा लफडा, बिचबाटै किन बाहिरिए पूर्व प्रधानमन्त्री भट्टराई ? (भिडिओ)
-
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश
-
छविलाल जोशीका वकिलहरूले भने, ‘उहाँलाई फसाइयो’
-
प्रधानमन्त्री कप भलिबल प्रतियोगिता सुरू
-
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखमाथि दलियो कालोमोसो