नेपालमा दुई पार्टी सिस्टम आउने कुनै सम्भावना छैन : झलनाथ खनाल
काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा दुई पार्टी सिस्टम आउने सम्भावना नरहेको बताएका छन् । कांग्रेस–एमाले नेतृत्वको सत्तारुढ गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै उनले उनीहरुले नेपालमा दुई पार्टी सिस्टम ल्याउने धृष्टता गरेपनि त्यो सम्भव नहुने जिकिर गरेका हुन् ।
आइतबार काठमाडौँमा आयोजित पार्टी केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले दुई ठुलो पार्टीको नेपालमा दुई पार्टी सिस्टम ल्याउने कुरा कल्पनामा मात्रै सीमित हुने दाबी समेत गरे । उनले कांग्रेस र एमाले घमण्डी र भ्रष्ट पार्टी रहेकाले उनीहरुले संविधान संशोधनका लागि चलाएको हल्ला पनि काम नलाग्ने बताए । दुई ठुलो पार्टीले आफूहरुको सहयोग बिना संविधान संशोधनको नाममा कमा र फुलिष्टप पनि चेन्ज गर्न नसक्ने उनले बताए ।
सम्मानित नेता खनालले संविधान संशोधनको नाममा समानुपातिक समावेशी प्रणाली हटाउने धृष्टता सत्तारुढ दलहरूले गरेर नेपाली जनताले त्यसको प्रतिरोध गर्ने चेतावनी समेत दिए । उनले भने, ‘दुई वटा पार्टीको सरकार बनेको छ । यी दुई घमण्डी पार्टीहरू हुन । भ्रष्ट पार्टीहरू हुन् । अवसरवादी पार्टीहरू हुन् । एउटा त प्रतिक्रियावादी दलाल पुँजीवादको प्रतिनिधि नै भइहाल्यो । अर्को घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएको पार्टी हो । यो दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको गठबन्धन हो । यो ढंगको गठबन्धन सरकार बनेर उसले के धृष्टता गर्दैछ भन्दा दुई पार्टी सिस्टम बनाउने । जुन कुरो मलाई लाग्छ–यो सूर्यमुनि असम्भव छ ।’
सम्मानित नेता खनालले कांग्रेसमाथि सवार भएर प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता चलाइरहेको भन्दै त्यसले एमाले भित्र ठुलो असन्तुष्टि बीजारोपण गरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण