नयाँ कप्तानको नेतृत्वमा पाकिस्तानको टी–२० विश्वकप टोली
काठमाडौँ । आगामी अक्टोबरमा संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने आईसीसी टी–२० महिला विश्वकप क्रिकेटका लागि पाकिस्तानी टोलीको घोषणा गरिएको छ । टी–२० महिला विश्वकप अक्टोबर ३ देखि २० तारिखसम्म आयोजना हुँदैछ ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले विश्वकपका लागि तीव्रगतिकी बलर फातिमा सनाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । ३७ वर्षीया अलराउन्डर निदा दारलाई पनि पाकिस्तानी टोलीमा स्थान दिइएको छ ।
२२ वर्षीया फातिमा सनाले आईसीसीको कुनै पनि प्रतियोगितामा पहिलो पटक कप्तानको जिम्मेवारी पाएकी हुन् । द्विपक्षीय एकदिवसीय शृंखलामा भने उनले यसअघि दुई पटक पाकिस्तानी टोलीमा कप्तानको भूमिका निर्वाह गरिसकेकी छन् ।
एकदिवसीय शृंखलामा उनकै कप्तानीमा पाकिस्तानले न्युजिल्यान्डलाई हराएको थियो । गत महिना महिला टी–२० एसिया कप खेल्ने टोलीलाई नै पाकिस्तानले टी–२० विश्वकपका लागि पनि निरन्तरता दिएको छ । त्यसमा एक खेलाडी भने परिवर्तन गरिएको छ ।
महिला एसिया कप खेल्ने विकेटकिपर ब्याटर नाजिहा अल्वीलाई टोलीमा समावेश गरिएको छैन । उनको स्थानमा ब्याटर सदफ शमासलाई समेटिएको छ । सन् २०२३ मा सम्पन्न महिला टी–२० विश्वकपमा पनि उनी टोलीकी सदस्य थिइन् ।
आगामी विश्वकपका लागि घोषित पाकिस्तानी टोलीमा फातिमा सना (कप्तान), आलिया रियाज, डायना बेग, गुल फिरोजा, इराम जावेद, नुनिबा अली (विकेटकिपर), नश्रा सन्धु, निदा दार, ओमाइमा सोहेल, सदफ शमास, सादिया इकबाल, सिदरा अमिन, सैयदा अरुब शाह, तस्मिया रबाब र तुबा हसन रहेका छन् ।
टी–२० महिला विश्वकप यसअघि बंगलादेशमा आयोजना हुने भएको थियो । तर, बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सुरक्षाको कारण देखाउँदै आईसीसीले प्रतियोगिता यूएई सार्ने निर्णय लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण