लेखा समितिका सभापतिमाथि प्रश्न उठाएपछि बाँस्कोटाले भने– राष्ट्रिय सभाको अध्यक्ष पनि फेरौँ
काठमाडौँ । प्रतिनिधि सभाको लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि सांसदहरूले प्रश्न उठाएपछि नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले बचाउ गरेका छन् ।
उनले सभापति र समितिमाथि आक्रमण नगर्न समेत आग्रह गरे । लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने प्रश्न उठेपछि बाँस्कोटाले राष्ट्रिय सभा अध्यक्ष नै फेर्न माग गरे ।
‘हिजो एमाले प्रतिपक्षमा हुँदा हाम्रो विमति थियो । हिजो अदालतले सरकार बनाएको थियो, हाम्रो विमति थियो । तत्कालीन समयमा सभापति फेरौँ भनेर मैले कुरा उठाएको हो,’ उनले भने, ‘ आज परिस्थिति राजनीतिक सहमतिको हो । लेखा समिति सभापति फेर्ने भए राष्ट्रिय सभाको अध्यक्ष फेरौँ । प्रतिनिधि सभाको उपसभामुख फेरौँ अनि यहाँ पनि फेरौँ ।’ उनले सबै समितिको सभापतिमा चुनाव गरौँ, तयार हो ? भनि प्रश्न उठाए ।
समिति सभापतिमाथि बारम्बार हमला नगर्न भन्दै उनले सभापति चाहिएको भए राजनीतिक सहमति खोज्न पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण