लेखा समिति बैठक
डेडिकेटेट ट्रक लाइन महसुल विवाद : लेखा समिति अनिर्णीत
आइतबार, ०९ भदौ २०८१, १७ : २३
काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा निर्णय गर्ने बेला विवाद भएपछि डेडिकेटेट ट्रक लाइन महसुल विवादमा कुनै पनि निर्णय हुन सकेन । आइतबार बसेको बैठकमा छलफल भए पनि निर्णय गर्ने बेलामा विवाद भएपछि कुनै निर्णय नगरी सकिएको र अर्को बैठकमा पुन छलफल हुने समितिका सभापति ऋषिकेश पोखरेलले बताए ।
समितिले आजको बैठकमा निर्णय गर्ने भनी ६ बुँदा तयार गरेको थियो । तर सांसदहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्ने देखि अख्तियारमा लेखि पठाउनेसम्मका कुरामा असहमति राखेर विरोध गरेपछि निर्णय गर्न नसकेको हो । समितिमा माओवादी र नेपाली काग्रेसका सांसदहरूले सभापति पोखरेलले तयार पारेको ६ बुँदे निर्देशनमा असहमति राखेका थिए । सभापति पोखरेलले २१ अर्ब रुपैयाँ असुल गर्नु भनी निर्देशन दिने तयारी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण