युवराज सिंह दिल्ली क्यापिटल्सको प्रशिक्षक बन्ने चर्चा
नयाँ दिल्ली । भारतका पूर्व स्टार अलराउन्डर युवराज सिंह ५ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा फर्किने देखिएको छ । तर यसपटक उनको भूमिका भने फेरिनेछ । उनलाई दिल्ली क्यापिटल्सको प्रशिक्षक बनाउने चर्चा चलिरहेको छ ।
स्पोर्ट्स स्टारले स्रोतलाई उद्धृत गर्दै दिल्ली फ्रान्चाइजीले युवराजलाई प्रशिक्षक बन्नको लागि सम्पर्क गरेको दाबी गरेको छ । अहिले यस विषयमा वार्ता चलिरहेको छ ।
दिल्ली क्यापिटल्सको प्रशिक्षक पद छोडेका रिकी पोन्टिङले पनि यस्तो सङ्केत गरेका थिए । उनले भनेका थिए, ‘फ्रान्चाइजीले मुख्य प्रशिक्षकको भूमिकाका लागि पूर्व भारतीय क्रिकेटरको खोजी गरिरहेको छ।’
गत महिना युवराज गुजरात टाइटन्सको प्रशिक्षक बन्ने चर्चा पनि चलेको थियो । तर आशिष नेहरा गुजरातको मुख्य प्रशिक्षक बन्न सक्नेछन्। गुजरातको टोली ब्याटिङ प्रशिक्षक ग्यारी कर्स्टनको स्थानमा भारतीय प्रशिक्षकको खोजीमा छ । कर्स्टन गुजरातको टोली छोडेर पाकिस्तान राष्ट्रिय टोलीको प्रशिक्षक बनेका छन्।
अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षकको पद त्यागेका थिए । उनी पछिल्लो ७ सिजन दिल्ली क्यापिटल्ससँग आबद्ध थिए। दिल्लीको टोली पछिल्लो तीन सिजन प्लेअफमा पुग्न सकेको छैन।
यदि युवराज सिंह दिल्लीको प्रशिक्षक बने भने यो उनको प्रशिक्षकको रूपमा डेब्यु असाइनमेन्ट हुनेछ। उनले सन् २००८ देखि २०१९ सम्म आईपीएल खेलेका थिए । उनी २०१९ को अन्तिम सिजनमा मुम्बई इन्डियन्सको हिस्सा थिए।
यो सिजन, मुम्बईले चेन्नई सुपर किंग्सलाई हराएर चौथो उपाधि जित्यो। युवराजले आफ्नो १२ वर्ष लामो आईपीएल करियरमा पञ्जाब किंग्स, पुणे वारियर्स इन्डिया, दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादको हिस्सा थिए।
क्यान्सरको उपचारका कारण युवराज २०१२ को आईपीएलमा सहभागी भएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण