राजनीति
जसपा नेपालको पदाधिकारी चयन : सहअध्यक्षमा रकम चेम्जोङ, लालबाबु र रामकुमार महासचिव
सोमबार, १० भदौ २०८१, १७ : ००
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीले पदाधिकारीसहित कार्यकारिणी समिति, केन्द्रीय समिति तथा केन्द्रीय निकायहरूमा सदस्यहरू चयन गरेको छ ।
जेठ २८ देखि ३० गते सम्पन्न भएको एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधान २०८० (२०८१ संशोधित) धारा १४१ (१) बमोजिम गरिएको अधिकार प्रत्यायोजन, धारा २९ (३) र धारा ८७ (१) मा व्यवस्था भए बमोजिम पार्टी अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई चयन गरेका हुन् ।
सोमबार जारी निर्णय अनुसार सह–अध्यक्षमा रकम चेम्जोङ चयन भएका छन् । त्यस्तै, पाँच जना उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर, विद्युत् बज्राचार्य रहेका छन् ।
महासचिवमा लालबाबु राउत र रामकुमार शर्मालाई चयन गरिएको छ भने पार्टीले प्रवक्तामा मनिष कुमार सुमनलाई चयन गरेको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण