बंगलादेशसँग हारेलगत्तै पीसीबीका प्रमुख सल्लाहकार वकार युनुसले दिए राजीनामा
काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीको प्रदर्शन पछिल्लो समय निकै निराशाजनक देखिन्छ । एकपछि अर्को खराब प्रदर्शनका कारण पाकिस्तानी क्रिकेटले व्यापक आलोचना पनि सहनु परेको छ ।
आइतबार मात्र पाकिस्तानी टोली टेस्ट क्रिकेटमा बंगलादेशसँग १० विकेटको फराकिलो अन्तरले पराजित भयो । बंगलादेशले टेस्ट क्रिकेटमा पाकिस्तानलाई हराएको यो पहिलो पटक हो ।
आफ्नो टोलीले बंगलादेशसँग लज्जास्पद पराजय भोगेलगत्तै पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) का प्रमुख सल्लाहकार वकार युनुसले आफ्नो पदबाट राजीनामा दिएका छन् । वकार युनुसको राजीनामासँगै पाकिस्तानी क्रिकेटमा अर्को हलचल सुरु भएको छ ।
आफ्नो समयका प्रभावशाली खेलाडी वकास युनुस तीन साताअघि मात्र पीसीबीको प्रमुख सल्लाहकार नियुक्त भएका थिए । पीसीबीले भने पाकिस्तानी टोलीको हार र वकार युनुसको राजीनामाबिच कुनै सम्बन्ध नरहेको दाबी गरेको छ ।
पीसीबीका केही पदाधिकारीसँग सुमधुर सम्बन्ध नरहेका कारण उनले पदबाट राजीनामा दिएको दाबी गरिएको छ । यद्दपि, वकार युनुसले भने यस विषयमा केही बोलेका छैनन् । उनको राजीनामा पछि अहिले पीसीबी नयाँ प्रमुख सल्लाहकारको खोजीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण