भारतको लद्दाखमा पाँच नयाँ जिल्ला बनाइँदै
नयाँ दिल्ली । भारतीय गृहमन्त्री अमित शाहले लद्दाखमा पाँच नयाँ जिल्ला बनाउने घोषणा गरेका छन् । शाहले माइक्रो ब्लगिङ वेबसाइट एक्समा पोस्ट गरेर यो जानकारी दिएका हुन् ।
‘विकसित र समृद्ध लद्दाख बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीजीको दृष्टिकोणलाई अगाडि बढाउँदै गृह मन्त्रालयले केन्द्र शासित प्रदेशमा पाँचवटा नयाँ जिल्ला बनाउने निर्णय गरेको छ ।’ उनले लेखेका छन् ।
‘नयाँ जिल्लाको नाम (झाँस्कर, द्रास, शाम, नुब्रा र चाङ्थाङ रहेको छ । हरेक कुनामा सुशासन सुदृढ गर्दै जनताको सुविधा घरदैलोमा पुर्याइनेछ’ उनले अगाडि लेखेका छन् ।
मोदी सरकार लद्दाखका जनताका लागि ठूलो मात्रामा अवसर सिर्जना गर्न प्रतिबद्ध रहेको पनि उनले पोष्टमा लेखेका छन् ।
मोदीले के भने ?
केन्द्रीय गृहमन्त्री अमित शाहको पोस्टलाई रिट्वीट गर्दै मोदीले भने लद्दाखमा पाँच नयाँ जिल्लाहरू बनाउनु प्रशासनलाई अझ चुस्त बनाउन र समृद्धिको लागि ठूलो कदम भएको भनेका छन् ।
‘अब झन्स्कर, द्रास, शाम, नुब्रा र चाङ्थाङमा बढी ध्यान दिइनेछ । यसले सेवा र अवसरलाई जनताको नजिक ल्याउनेछ । त्यहाँका जनतालाई बधाई छ’ उनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण