स्नुकरमा झगडा भएपछि हत्या, मृतकको टाउकोमा चोट
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शंखमुलस्थित द टाइम पास स्नुकर एन्ड खाजा घरबाट एक जना युवक दौडिँदै निस्किए । त्यतिबेला सोमबार बिहान १ बजेर ५० मिनेट गइसकेको थियो । युवक भागेको देखेपछि एक जना महिलाले प्रहरीलाई फोन गरिन्, ‘शंखमुलको स्नुकरमा झगडा परेको जस्तो छ, एक जना केटा भागिरहेको छ ।’
प्रहरी वृत्त बानेश्वरका प्रहरी तत्काल घटनास्थलमा पुग्दा ४० वर्षीय रूपक बान्तवा स्नुकरको सोफामा पल्टिरहेका भेटिए । उनको टाउकोमा चोट लागेको थियो । प्रहरीले उनलाई मिनभवनस्थित सिभिल अस्पतालमा पठाए । चिकित्सकले उनलाई साढे २ बजेमा मृत घोषणा गरेका हुन् ।
बारा घर भएका रूपकले शंखमुलस्थित आफ्नै घरमा सो स्नुकर सञ्चालन गरेका थिए । बौद्ध बिहार अघिल्तिर रहेको सो स्नुकरमा बान्तवाको हत्या भएको आशङ्का गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनले भने, ‘टाउकोमा चोट देखिएको छ, हामी अनुसन्धान गर्दैछौँ ।’
घटनाबारे वृत्त बानेश्वर र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेको छन् । सोधपुछका लागि केही शंकास्पदहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा
-
जर्मनीको सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ः जर्मनीको सुरुवाती अग्रता
-
नवप्रवेशीमाथि हाबी तर २०१८ र २०२२ को टिठलाग्दो इतिहास बोकेको जर्मनी
-
एबीसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
-
अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण