टुँडिखेलको गौरा पर्वमा ओली र देउवाविरुद्ध नाराबाजी
काठमाडौँ । काठमाडौँको टुँडिखेलमा आयोजित गौरा पर्वमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । गौरा पर्वको कार्यक्रममा सहभागी एक समूहले ओली र देउवाविरुद्ध चर्को नाराबाजी लगाएका हुन् ।
आयोजकले शान्त रहन आग्रह गरेपनि उनीहरुले ओलीलगायतको कारणले देशले दुख पाएको भन्दै चर्का नाराबाजी गरिरहे ।
आफूविरुद्ध नाराबाजी भएपछि ओलीले सम्बोधनका क्रममा नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको टिप्पणी गरे । उनले नयाँ पुस्ताले गरेको यो हर्कत नेपालीपन नभएको बताए । यस्तै देउवाले पनि नेपालको चलन यही हो लाज छैन भन्दै नाराबाजी गर्नेहरुविरुद्ध आक्रोशित बने ।
यस्तै कांग्रेस सभापति देउवाले गौरा पर्व बिथोल्नेहरूलाई कारबाही गर्न आग्रह गरे । काठमाडौँमा आएर गौरा पर्वको कार्यक्रम बिथोल्नेहरूलाई काठमाडौँवासीले ठिक पार्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण