किसानबारे कंगनाले दिएको बयानप्रति भाजपा आक्रोशित

नयाँ दिल्ली । भाजपाकी सांसद तथा अभिनेत्री कंगना रनौतले किसान आन्दोलनबारे दिएको अभिव्यक्तिबाट पार्टीले आफूलाई अलग गरेको छ ।
भाजपाले कंगना रनौतलाई कडा निर्देशन दिँदै भविष्यमा यस्तो अभिव्यक्ति नदिन पनि चेतावनी दिएको छ । ‘किसान आन्दोलनबारे भाजपा सांसद रनौतले दिएको बयान पार्टीको विचार होइन,’ भाजपाको केन्द्रीय मिडिया विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
‘भाजपा रनौतको भनाइसँग असहमति व्यक्त गर्दछ । रनौतलाई न त पार्टीको नीतिगत मुद्दामा बोल्ने अनुमति छ न त अधिकार नै छ,’ विज्ञप्तिमा भनिएको छ । पार्टीले अभिनेत्रीलाई भविष्यमा त्यस्तो कुनै पनि अभिव्यक्ति नदिन निर्देशन दिएको बताइएको छ ।
तीनवटा कृषि कानुनलाई लिएर किसान आन्दोलनका क्रममा कंगना रनौतले बोलेका कुराहरूलाई लिएर विवाद भएको थियो । हालैको एक अन्तर्वार्तामा किसान आन्दोलनमाथि प्रश्न उठाउँदै उनले शीर्ष नेतृत्व बलियो नभएको भए किसान आन्दोलनका क्रममा पन्जाब बंगलादेशमा परिणत हुने बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
सरकारको आशा पूरा : बीपी राजमार्गलाई अनुदान दिन जाइका तयार
-
मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर