किसानबारे कंगनाले दिएको बयानप्रति भाजपा आक्रोशित
नयाँ दिल्ली । भाजपाकी सांसद तथा अभिनेत्री कंगना रनौतले किसान आन्दोलनबारे दिएको अभिव्यक्तिबाट पार्टीले आफूलाई अलग गरेको छ ।
भाजपाले कंगना रनौतलाई कडा निर्देशन दिँदै भविष्यमा यस्तो अभिव्यक्ति नदिन पनि चेतावनी दिएको छ । ‘किसान आन्दोलनबारे भाजपा सांसद रनौतले दिएको बयान पार्टीको विचार होइन,’ भाजपाको केन्द्रीय मिडिया विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
‘भाजपा रनौतको भनाइसँग असहमति व्यक्त गर्दछ । रनौतलाई न त पार्टीको नीतिगत मुद्दामा बोल्ने अनुमति छ न त अधिकार नै छ,’ विज्ञप्तिमा भनिएको छ । पार्टीले अभिनेत्रीलाई भविष्यमा त्यस्तो कुनै पनि अभिव्यक्ति नदिन निर्देशन दिएको बताइएको छ ।
तीनवटा कृषि कानुनलाई लिएर किसान आन्दोलनका क्रममा कंगना रनौतले बोलेका कुराहरूलाई लिएर विवाद भएको थियो । हालैको एक अन्तर्वार्तामा किसान आन्दोलनमाथि प्रश्न उठाउँदै उनले शीर्ष नेतृत्व बलियो नभएको भए किसान आन्दोलनका क्रममा पन्जाब बंगलादेशमा परिणत हुने बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण