जातीय वा रङ्गभेदी दुर्व्यवहार भए बिचमै खेल छाड्ने भिनिसियस जुनियरको चेतावनी
काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडका स्ट्राइकर भिनिसियस जुनियरले आगामी दिनमा खेल मैदानमा जातीय वा रङ्गभेदी दुर्व्यवहार भए खेल परित्याग गरेर मैदानबाट बाहिरिने चेतावनी दिएका छन् ।
२४ वर्षीय भिनिसियसले आफूले पटक–पटक मैदानमा जातीय र रङ्गभेदी दुर्व्यवहारको सामना गर्नु परेको दुखेसो पनि गरेका छन् । ‘आगामी दिनमा यस्तो घटना दोहोरिए ममात्र होइन, टोलीका अन्य साथीहरूले पनि मैदान छाडने छन्,’ उनले भनेका छन् ।
प्रभावशाली ब्राजिलियन स्ट्राइकर भिनिसियसले क्लबहरु पनि यसतर्फ सचेत हुनु आवश्यक रहेको प्रतिक्रिया दिएका छन् । ‘मलाई विश्वास छ समर्थकहरूले पनि खेलाडीको प्रदर्शनलाई आधार मानेर उनीहरूको मूल्याङ्कन गर्नेछन् । जातीय र रङ्गभेदी दुर्व्यवहार आफैमा अपराध हो,’ उनले भनेका छन् ।
सन् २०२३ को मे २१ तारिखमा भिनिसियस जुनियरमाथि जातीय र रङ्गभेदी दूब्र्यवहार गर्ने स्पेनिस क्लब भ्यालेन्सियाका तीनजना समर्थक पक्राउ परेका थिए । उनीहरूलाई आठ महिनाको कडा काराबास सजाय सुनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण