पाँच सातापछि नियमित अभ्यासमा फर्किए लियोनल मेस्सी
काठमाडौँ । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी लामो समयको घाइते जीवनपछि अन्ततः नियमित अभ्यासमा फर्किएका छन् । उनी अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्छन् ।
घाइते भएका कारण एक महिनाभन्दा लामो समयदेखि उनी मैदानबाहिर रहँदै आएका छन् । उनी बिहीबार इन्टर मियामीका अन्य खेलाडीसँग नियमित अभ्यासमा फर्किएका हुन् ।
गत जुलाईमा सम्पन्न विश्वकै सबैभन्दा पुरानो महादेशी फुटबल कोपा–अमेरिकाको फाइनल खेल्ने क्रममा उनी घाइते भएका थिए । उनको खुट्टाको गोली गाँठोमा समस्या देखिएको थियो ।
मेस्सी कोपा–अमेरिकाको फाइनलको दोस्रो हाफमा घाइते भएर मैदानबाट बाहिरिएका थिए । यद्यपि, कोपा–अमेरिकाको उपाधि मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले जितेको थियो ।
इन्टर मियामीका प्रमुख प्रशिक्षक टाटा मार्टिनोले पनि कीर्तिमानी रुपमा सातपटक बोलोन डी’ओर अवार्ड जितिसकेका मेस्सी छिट्टै टोलीमा फर्किने विश्वास ब्यक्त गरेका छन् ।
इन्टर मियामीले मेस्सीको अनुपस्थितिमै मेजर लिग सकरको आफ्नो पहिलो खेलमा जित हात पारेको थियो । इन्टर मियामीले आफ्नो पहिलो खेलमा सिनसिनाटीलाई २–० गोलले हराएको थियो ।
Messi returns to team training.
— Lizzy Becherano (@lizzy_becherano) August 28, 2024
After over five weeks, he’s back with the rest for training ahead of the match against the Chicago Fire. pic.twitter.com/heT8zf3nJw
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण