सांसद् पौडेलको आक्रोश : माओवादीलाई जहिल्यै किन टोक्न खोजेको ?
बिहीबार, १३ भदौ २०८१, १५ : ०७
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडैलले हरेक दिन एकै विषयमा कति टोकेको भन्दै प्रश्न गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ६१ उद्योगले डेडिकेटेड र ट्रंक लाइनको विद्युत् उपयोग गरेबापतको पैसा तिराउनुपर्नेमा जाेड दिए ।
‘पूर्व प्रमले नतिर भनेको भए छाती खोलेर बहस गर्न तयार छौँ । आजभन्दा ८ वर्ष पहिले हिउँदमा १८ घण्टा बर्खा ९ घण्टा लोडसेडिङ थियो । आजको दिनमा १३ करोड ११ लाखको विद्युत् निर्यात हुन्छ । अनि माओवादीलाई आज पनि टोकेको छ, भोलि पनि पर्सी पनि टोकेको छ, के गर्न खोजेको हो‚’ उनले भने ।
उनले नाफामा गएको एउटा संस्थामाथि किन प्रहार भएको भन्दै ४ वटा जहाज ग्राउण्डेट भएको तथा दूरसञ्चार, आयल निगम र त्रिवि जस्ता संस्थाहरूको सुधारमा लाग्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण