गगनले भने- ९ मिनेटमा चट भन्नेले ९ घण्टा बयान दिएको हैन ! फैसला आउने दिन औँला भाँचेर गनौँ
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रवि लामिछानेविरुद्ध प्रमाण खोइ भन्नेलाई फैसला आउने दिन गनेर बस्न सुझाव दिएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपा सांसदहरूलाई आफूसँग भएको तथ्य प्रमाण समितिमा पुगिसकेको जानकारी दिए ।
‘प्रमाण खोइ, प्रमाण खोइ भनेर खोजेको पाए तथ्य प्रमाण भएरै होला संसदीय समिति बनाएका छौँ । हामीसँग भएको तथ्य प्रमाणित पुग्थेन होला समितिमा‚’ उनले भने‚ ‘९ मिनेटमा चट भनेकोमा ९ घण्टासम्म बयान दिनुपरेको तथ्य प्रमाणले आएको हैन होला । मलाइ समितिमा पूरा विश्वास छ ।’
उनले बयान दिँदैमा सबै विषय सम्पन्न भईनसकेको भन्दै थपे‚ ‘साथीहरू झुक्किनुभयो कि भन्ने लागेको छ बयान हो बयान सफाइ हैन फैसला आउन बाँकी छ । फैसला कुरेर बसेको छु ।’
उनले फैसला आउने दिन गनेर बस्न अनुरोध गर्दै भने‚ ‘दिन गनौँ‚औला भाँचेर गनौँ‚लेखेर गनौँ खरीले गनौँ मसीले गनौँ । फैसला आउने दिन गनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण