विवाद बढेपछि ममता बनर्जीले दिइन् स्पष्टीकरण
नयाँदिल्ली । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बुधवार दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिएकी छिन् । ‘मैले हिजो हाम्रा विद्यार्थीहरूको कार्यक्रममा मेरो भाषणको सन्दर्भमा केही छापा, इलेक्ट्रोनिक र डिजिटल मिडियामा खराब सूचना अभियान चलिरहेको देखेको भनेको थिए ।’ उनले माइक्रो ब्लगिङ वेबसाइट एक्समा लेखेकी छिन् ।
आफूले मेडिकललगायत विद्यार्थी वा उनीहरूको आन्दोलनको विरुद्धमा एक शब्द पनि बोलेको स्पष्ट पार्न चाहेको पोस्टमा उनले लेखेकी छिन् । आफूले उनीहरूको आन्दोलनलाई पूर्ण समर्थन गर्ने पनि उनले बताएकी छिन् । ‘उनीहरूको आन्दोलन साँचो छ । केही मानिसहरूले मलाई आरोप लगाएजस्तो मैले उनीहरूलाई कहिल्यै धम्की दिएको छैन । यो आरोप पूर्णतया झुटो हो ।’ उनले लेखेकी छिन् ।
आफूले भाषणको क्रममा भाजपाविरुद्ध बोलेको पनि उनले बताइन् । भारत सरकारको समर्थनमा भाजपाले आफ्नो राज्यमा लोकतन्त्रलाई खतरामा पार्दै अराजकता सिर्जना गर्न खोजिरहेको उनको भनाई छ । बुधवार ममता बनर्जीले तृणमूल कांग्रेस छात्र परिषद (टीएमसीपी) को स्थापना दिवसमा आयोजित र्यालीलाई सम्बोधन गरेकी थिइन् । यसक्रममा उनले भाजपाले बङ्गालमा समस्या सिर्जना गर्ने प्रयास गरे अन्य राज्यमा पनि असर पर्ने बताएकी थिइन् ।
तपाईंहरुले बङ्गाललाई जलाउनुभयो भने असम, उत्तर–पूर्व, उत्तर प्रदेश, बिहार, झारखण्ड, ओडिशा र दिल्ली पनि जल्ने उनले बताएकी थिइन् । ममताको यो भनाइपछि भाजपाले उनलाई जवाफ फर्काएको थियो । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले इन्स्टाग्राममा असमलाई धम्की दिने हिम्मत कसरी भयो दिदी भनेर भनेका थिए ? आफ्नो असफलताको राजनीतिले भारतलाई जलाउने प्रयास पनि नगर्ने भन्दै उनले विभाजनकारी भाषा बोल्नुले शोभा नदिने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण