कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा प्रकाशन
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको दोस्रो चरणको नतिजा प्रकाशन गरेको छ । पुनर्योगको नतिजा अनुसार नन ग्रेडेड (एनजी) आएका ६१० जना विद्यार्थीको नतिजा परिवर्तन भएको छ ।
उनीहरूमध्ये ३४ जनाको ए प्लस ग्रेड आएको छ । त्यस्तै १३३ जनाको ए ग्रेड आएको छ । गत वैशाख १४ देखि २६ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । जसको नतिजा साउन १८ गते सार्वजनिक भएको थियो ।
जसमा एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको थियो । नतिजामा चित्त नबुझेकालाई साउन मसान्तभित्र पुनर्योगका लागि निवेदन दिन आह्वान गरिएको थियो । जसमा ४० हजार विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएका थिए ।
तीमध्ये साउन २७ गतेसम्म निवेदन दिएका विद्यार्थीहरूको पुनर्योगको नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ । पुनर्योगको नतिजा उत्तर पुस्तिका पुनर्योग समितिको भदौ १२ गते बसेको बैठकको निर्णयअनुसार नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ ।
परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १० दिनपछि सक्कल ग्रेडसिटसहित बोर्डका सम्बन्धित कार्यालयहरूमार्फत बोर्डमा सम्पर्क गर्न भनेको छ ।
पुनर्योगको नतिजामा समेत चित्त नबुझी उत्तर पुस्तिका हेर्न चाहने विद्यार्थीले कक्षा १२ को पुनर्योगको अन्तिम चरणको नतिजा प्रकाशन भएपश्चात् १५ दिनभित्रमा तोकिएको शुल्क बुझाई निवेदन दिनुपर्नेछ । त्यसका लागि दुई हजार रुपैयाँ शुल्क लाग्ने बोर्डले जनाएको छ ।
बोर्डले चिकित्सा शिक्षा आयोगबाट प्राप्त भएको विवरण अनुसार चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी भएका एवं पुनर्योगको निवेदन दिने अन्तिम दिन (भदौ २ गतेसम्म निवेदन दिएका सबै विद्यार्थीको पुनर्योगको नतिजा प्रकाशन भइसकेको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण