अमेरिकी दूतावासका मिसन उपप्रमुख ज्यासोनले भेटे कृषि मन्त्री अधिकारीलाई
काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासका मिसन उपप्रमुख ज्यासोन मिक्सले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग भेटेका छन् ।
युएसएआईडीका मिसन डाइरेक्टर मिस कटिई डोनोहोको साथमा उपप्रमुख ज्यासोनले कृषि मन्त्रालयमा मन्त्री अधिकारीसँगको भेटमा दुई देश (नेपाल र संयुक्त राज्य अमेरिका)बिचको आपसी सद्भाव, समझदारी, सहयोगका साथै विविध विषयमा छलफल गरेका छन् ।
अमेरिकाले सन् १९५० को दशक देखि नेपालको सामाजिक, आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको बताउँदै अधिकारीले आगामी दिनमा कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी आर्थिक सहयोगका लागि उनले अमेरिकी अधिकारीलाई आग्रह गरे ।
मन्त्री अधिकारीले विश्वव्यापी भोकमरीको अन्त्य गर्न योगदान गर्ने लक्ष्य लिएका धारणा राख्दै लक्ष्यहरू पूरा गर्न ठुलो लगानीको आवश्यकता पर्ने बताए । यसका लागि युएसएआईडीको पहलमा संयुक्त राज्य अमेरिका सरकारबाट आवश्यक भूमिका निर्वाह हुने पनि कुरा मन्त्री अधिकारीले राखेको बताइएको छ ।
नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को दशकलाई ‘कृषिमा लगानी दशक’घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री अधिकारीले उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गर्ने पनि लक्ष्य लिएको जनाए । अमेरिकी सरकारको सहयोगमा चालु आर्थिक वर्षबाट सुरु हुन लागेको एग्रिकल्चर ट्रान्सफरमेसन आयोजनाको आई एल हस्ताक्षर गर्न केही समस्या परेको जानकारी आफूले पाएको जनाउँदै मन्त्री अधिकारीले बताए ।
आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन नेपालले संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय र बहुपक्षीय तहमा नजिकबाट काम गर्न तत्पर रहेको बताएका थिए ।
युएसएआईडी मिसन डाइरेक्टर डोनोहोले कृषिसहित नेपालको आर्थिक विकासमा आफूहरू सहकार्य गर्न तयार रहेको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण