रास्वपाप्रति सांसद खतिवडाको आक्रोश : पार्टीभित्र बोल्ने बित्तिकै निकाल्नेले प्रजातन्त्रको कुरा गर्ने ?
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)विरुद्ध आक्रोश पोखेका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले महामन्त्री बोल्दा पार्टीबाट निकाल्नेले लोकतन्त्रको कुरा गर्न नसुहाउने भन्दै कटाक्ष गरे । उनले अरू पार्टी प्रजातान्त्रिक छैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएकोमा आपत्ति जनाए ।
‘प्रजातन्त्रको दुहाइ दिने साथीहरूको कुरा सुनेका छौँ । पार्टीभित्र बोल्ने बित्तिकै निकाल्ने, महामन्त्रीजस्ता मान्छेलाई घोक्रेठ्याक लगाएर निकाल्ने अनि अरू पार्टी प्रजातान्त्रिक भएनन् भनेर भाष्य सिर्जना गर्नेकाम पनि यहिभित्र भएको छ,’ उनले भने ।
राज्यव्यवस्था तथा सुशासन समिति सभापति समेत रहेका उनले कसैलाई तर्साएर कानुन आफ्नो हातमा लिने पक्षमा सत्तारुढ गठबन्धन नरहेको पनि प्रस्ट पारे ।
‘हामी वाक स्वतन्त्रका पक्षमा छौँ । हामी कसैलाई दोष इष्या र प्रतिशोधका आधारमा कारबाही गर्नुपर्छ भन्ने पक्षमा छैनौँ,’ उनले भने, ‘हामी दोष, कानुनको आधारमा कारबाही गर्नुपर्छ भनेका छौँ‚’ उनले भने ।
सांसद खतिवडाले आफू सत्तामा नहुने बित्तिकै बंगलादेश र श्रीलंकामा हुने भन्ने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण