अदालत
श्याम ज्ञवालीसहितको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार
बिहीबार, १३ भदौ २०८१, १७ : ३२
काठमाडौँ । सर्वोच्च अदालतले श्याम ज्ञवालीसहितका प्रहरीका अधिकारीको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै छलफलमा बोलाउने आदेश गरेको छ ।
प्रहरी अधिकारीलाई उमेर हदअनुसार अवकाशमा जान लागेको भनी दायर गरेको रिटमा सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गर्दै छलफलमा बोलाउने आदेश गरेको हो ।
अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने अनि अर्को सुनुवाइमा मात्र यो बारे निर्णय हुनेछ। विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले बुधवार सर्वोच्चमा रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउनले थपे पाचौँ गोल
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जमर्नीलाई ५–१ को अग्रता
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण