उड्डयन क्षेत्रका नियामक निकायलाई छुट्ट्याउने विधेयक कानुन मन्त्रालयमा पुग्यो

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन अघि बढाएका नागरिक उड्डयन क्षेत्रको नियामक र सेवा प्रदायक निकाय अलग गर्ने मस्यौदा विधेयकलाई अर्थ मन्त्रालयले सहमति दिएको छ । सो सहमति पछि विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पुगेको छ ।
नागरिक उड्डयन सम्बन्धी मौजुदा ऐनमा सेवा प्रदायक र नियामक निकायलाई एउटै भएका कारण यसअघि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा त्यसको विरोध हुँदै आएको थियो ।
पर्यटनमन्त्री बद्रीपसाद पाण्डेले मन्त्रालय सम्हाले लगतै लामो समयदेखि रोकिँदै आएको उक्त विधेयकलाई प्राथमिकताका साथ अघि बढाएका थिए । अर्थको सहमतिसँगै कानुन मन्त्रालयबाट सहमति पाएपछि उक्त विधेयक मन्त्रिपरिषद् हुँदै संसदमा पेस हुने छ ।
यस विषयमा मन्त्री पाण्डेले पूर्वपर्यटनमन्त्रीहरु र सम्बन्धित सरोकारवालासँग छलफल गर्नुका साथै सर्वसाधारणसँग सुझाव पनि मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषद् तानिए
-
नयाँ वैकल्पिक शक्तिसँग सहकार्य र पहलकदमीको नेतृत्व गर्ने नेसपा (नयाँ शक्ति) को निर्णय
-
'माधव नेपाललाई कमजोर बनाएर समाजवादी पार्टी विघटन गर्ने ओलीको योजना छ'
-
अदालतले नेपाल खबरलाई सोध्यो : समाचार किन नमेटेको ?
-
मेरिटोक्रेसी प्रचलनको उलङ्घन हुनु प्राज्ञिक क्षेत्रमाथिको आक्रमण हो : नेता महर
-
कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण