प्रधानमन्त्री ओलीको सहभागितामा स्वजागरण कार्यक्रम हुने
काठमाडौँ । जीवन विज्ञान प्रतिष्ठान नेपालले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा ध्यान, योग र अध्यात्मको स्वजागरण कार्यक्रम आयोजना गर्ने भएको छ । प्रतिष्ठानले बिहीबार एक प्रेस विज्ञप्ति जारी स्वजागरण कार्यक्रम आयोजना गर्ने जानकारी दिएको हो ।
राष्ट्रिय प्रहरी प्रतिष्ठान महराजगञ्जमा आयोजना हुने स्वजागरण कार्यक्रममार्फत योग, ध्यान र स्वजागरणका मौलिक र वैज्ञानिक पद्धतिलाई मूल प्रवाहीकरण गरी स्वस्थ र नैतिकवान समाजको निर्माण हुने विश्वास प्रतिष्ठानले लिएको छ । साथै योग र ध्यानको स्वजागरण अभियानलाई अगाडि बढाउने मार्ग स्पष्ट गर्नका लागि दुवै सदनका सम्पूर्ण सांसदहरूका लागि उक्त कार्यक्रम गर्न लागिएको प्रतिष्ठानले स्पष्ट पारेको छ ।
कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, मन्त्री र दुवै सदनका सांसदहरूको सहभागिता रहनेछ । सो प्रतिष्ठानद्वारा सञ्चालित कार्यक्रमबाट हालसम्म २५ लाख व्यक्तिहरूले लाभ लिइसकेको र १५०० बढी सङ्घ संस्थासँग सहकार्यका कार्यक्रमहरू सञ्चालन गरिसकेको विज्ञप्तिमा जनाइएको छ ।
नेपालमा स्थापना भएको सो संस्थाले विश्वका ७० भन्दा बढी मुलुकहरूमा वैज्ञानिक अध्यात्मको प्रयोगसम्बन्धी सेवा विस्तार गरिसकेको समेत विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण