एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) को प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत भदौ १ गते सञ्चालन गरिएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको भदौ १४ गते बसेको संयुक्त बैठकको निर्णयबाट योग्यताक्रमअनुसार नतिजा प्रकाशन गरिएको हो ।
परीक्षार्थीले आफ्नो प्रोफाइलबाट समेत नतिजा हेर्न सकिने आयोगले जनाएको छ । न्यूनतम शैक्षिक योग्यता हासिल नगरेका तथा उत्तरपुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेदवारका उत्तरपुस्तिकाहरू रद्द गरिएको छ ।
झुठा विवरण पेश गरी परीक्षामा सम्मिलित भएको पाइएमा त्यस्ता परीक्षार्थीको नतिजा जुनसुकै बखत पनि रद्ध गर्न सकिने आयोगको परीक्षा निर्देशनालयका उपसचिव धनबहादुर श्रेष्ठले जानकारी दिए ।
आयोगले एमबीबीएसको लागि परीक्षा दिएका सात हजार ८४७ परीक्षार्थीकै फाइनल स्कोर र -याङ्क प्रकाशित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण