इन्स्पेक्टर हुँ भनेर सुनको सिक्री र नगद लुटेको आरोपमा पक्राउ
काठमाडौँ । प्रहरी इन्स्पेक्टर हुँ भनेर सुनको सिक्री र नगद लुटेको आरोपमा प्रहरीले २५ वर्षीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर घर भएका सुमन तामाङ भन्ने मिङमार तामाङ छन् ।
२५ वर्षीय तामाङ काठमाडौँ–८ कालोपुलमा बस्छन् । आरोपीले साउन २२ मा काभ्रे घर भएका लाल तामाङलाई प्रहरी वृत्त स्वयम्भुको इन्स्पेक्टर हुँ भनेर सुनको १ तोलाको सिक्री र ६७ हजार नगद लुटेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी आचार्यले रातोपाटीलाई बताए ।
लुटपाट गरेको सिक्री खरिद गर्ने सुन पसल सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ्ग घर भएर गोंगबुमा टोखामा सुन पसल चलाउने ६३ वर्षीय बल बहादुर सुनार छन् । उनीहरूलाई थप अनुसन्धान गर्न अनुसन्धान कार्यालयले परिसर काठमाडौँमा पठाएको छ ।
सुमनले प्रयोग गरेको मोटरसाइकल पनि चोरीका भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सुमनविरुद्ध चोरी र लुटपाट कसुरमा थप ८ जनाले प्रहरीमा निवेदन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
-
नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न
-
एआई उत्पादनको विश्वव्यापी माग बढ्दा चीनको निर्यात २७ प्रतिशतले वृद्धि
-
चौबीस घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण