गाउँको निसानी
गुमनाम माइलो अहिले
राई माइलाले गाउँ छाडेको कथा सुनेपछि
गाउँ फर्कने तर्खर गर्दै छ रे ।
सानै छँदा
भाँडाकुटी खेलेकै वेलामा
उसले गाउँ छाडेको
उसले गाउँ छाडेपछि
थुप्रैले गाउँ छाडे
नछाडून् पनि कसरी !
बिर्खे, साने, बसन्ते
सबै सबै
गाउँमा शिक्षित भए
उनीहरूले लिएको शिक्षाले
गाउँको कामबाट जीविका
हुन्छ भन्ने नै सिकाएन ।
जो गाउँमा हली थियो
उसले गाउँमै जीविका चलाइरहेछ
आज फेरि गाउँ फेरिएको छ
हरियालीको नाममा
फेरि गाउँ फर्किएका छन् माइलाहरू
माइलाले गाउँ फर्किंदा
साथमा प्रविधि पनि लिएर आएको छ
उसको प्रविधि देखेर
किस्ने, रामे, श्यामेहरू
फेरि गाउँ छाड्ने लहडमा छन् ।
किनकि ?
किस्ने, रामे र श्यामेलाई
प्रविधिका बारेमा थाहै छैन
उनीहरूलाई यति थाहा छ
गाउँमा प्रविधि पस्नु भनेको
काठमा धमिरा लाग्नुजस्तै हो ।
भित्रभित्रै मक्याएको थाहै हुँदैन
हो साँच्चै ?
प्रविधिको सही सदुपयोग गर्न सकिएन भने
धेरै गाउँ उजाडझैँ हुनेछन् ।
जेहोस्
गाउँमा प्रविधि आएकामा
बसन्ती, हरि, कलाहरू खुसी छन्
उनीहरूले प्रविधिबाटै
किसानले जिजीविषा चलाएको देखेका छन्
बसन्ती, हरि, कलाहरू विदेशको प्रविधिजस्तै
आफ्ना गाउँमा प्रविधि आएकामा मख्ख छन्
अब गाउँमै उब्जाउको भण्डार हुनेछ
आय स्रोतको बाटाहरू खुल्नेछन्
सँगसँगै हराएका यात्रीहरू
आफ्नो मातृभूमि सम्झेर
देशलाई समृद्ध बनाउने सपना बुनाएर
फर्किनेछन् ।
०००
साल्पासिलिछो गाउँपालिका– १, कुलुङ, भोजपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण